राजनीतिक दल

सांसद गिरीलाई कारबाही गर्न समाजवादी पार्टीमा छलफल सुरु

Sarita giri
  • 18
    Shares

काठमाडौं, २३ असार। समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको लागि छलफल सुरु भएको छ। पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै सांसद गिरीलाई कारबाहीको लागि छलफल सुरु भएको हो।

लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी छन्।

ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। त्यही कार्यादलको आज बैठक बस्दै छ। बैठकमा सरिता गिरीलाई कारबाही गर्ने एजेण्डा रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार आजको कार्यदलको बैठकमा सरिता गिरिलाई कारबाही गर्ने र संसद अधिवेशन अन्त्य भएको विषयमा छलफल गर्न लागिएको हो।

लेखकको बारेमा

लाेकपाटी न्यूज