राजनीतिक दल

सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाउने निर्णय

Sarita giri
  • 34
    Shares

काठमाडौं, २३ असार। समाजवादी पार्टी नेपालले सरिता गिरीलाई कारबाही गरेको छ। उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट पनि हटाउने निर्णय गरेको हो।

समाजवादी पार्टीको मंगलबार बसेको बैठकले गिरीलाई पार्टीबाट कारबाही गर्ने र सांसदबाट हटाउने जानकारी संसदलाई दिने निर्णय गरेको हो। पार्टी महासचिव रामसहायप्रसाद यादव संयोजक रहेको कार्यदलले उनलाई कारबाहीको सिफारिस गरेको थियो। पार्टीले त्यसलाई सदर गरेको छ।

लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी थिइन्।  संविधान संशोधनका बेला पनि उनले पार्टीको ह्विप उलङ्घन गरेकी थिइन्।