स्वास्थ्य

नेपालको समुदायमा कोरोना संक्रमण आइसकेको छैन : डा. पाण्डे

Basudev pandey
  • 42
    Shares

काठमाडौं, २३ असार। इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वाशुदेव पाण्डेले नेपालका ९९ प्रतिशत कोरोना संक्रमितमा कुनै लक्षणनै नदेखिएको दावी गरेका छन्। मंगलबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा निर्देशक पाण्डेले नोपलका ९७ प्रतिशत संक्रमित विदेशबाट आयातित रहेको र उनीहरुमा संक्रमण पुष्टि भए पनि अन्य कुनै लक्षण भने नदेखिएको बताएका हुन्।

उनले नेपालका प्रदेश २ र ५ मा बढी संक्रमण देखिए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेश संक्रमणको केन्द्र बन्दै गएको बताए। उनले गण्डकी र बागमती प्रदेशमा छिटफुट केस मात्रै रहेको बताए। उनले नेपालमा कोरोना समुदायमा फैलिसकेको भन्ने चर्चाप्रति सत्यता नभएको बताए।

उनले नेपालमा संक्रमित भएकामध्ये ८७ प्रतिशत पुरुष भएको र उनीहरु पनि वैदेशिक रोजगारीबाट फर्केर आएका भएको बताए। उनले काठमाडौंमा लकडाउन खुकुलो भएपछि केही बढेको बताए। उनले कोरोना समुदायका गएकै भए महिला पुरुषमा समान रुपमा देखिनुपर्ने नेपालमा त्यो नभएको र तीन प्रतिशतमा छिट्फुट रुपमा मात्रै देखिएको बताए।

लेखकको बारेमा

लाेकपाटी न्यूज