समाज

आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

sailesh-thapa-chhetri
  • 126
    Shares

काठमाडौं, २३ असार। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

थापा प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन्। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउँदैछन्। महानिरीक्षकका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो।

आईजिपी नियुक्तिसँगै रिक्त हुने एआईजीपीको दुई पदमा डिआईजीपीहरू निरज शाही, प्रद्युम्‍न कार्की र विश्‍वराज पोखरेल छन्। तीन डिआईजीपीमध्येबाट जो एआईजीपी हुन्छ, तिनैमध्ये एकजना २०७९ वैशाखमा प्रहरी महानिरीक्षक बन्‍ने छन्। डिआईजीपीहरू शाही, कार्की र पोखरेलमध्ये दुईजना असार २५ पछि एआईजिपी बन्‍नेछन्।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमूखको रुपमा यसअघि काम गरेका थिए। हाल उनी मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमूख छन्।

लेखकको बारेमा

लाेकपाटी न्यूज