जनकपुर, २३ असार। सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन्। प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन्।
इश्वरपुर नगरपालिका १० श्रीनगर, महारानी बजारस्थित कार्यालय परिसरबाट रंगेहात पक्राउ परेको यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
भारतीय नम्बरको मोटरसाइकल छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो।