मंगलबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal
लोकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ। कार्यमा बाधा आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मंगल कार्यको योजना बन्नेछ। धार्मिक/ सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। कृषि कार्यमापनि सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। जग्गाजमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ। छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल खानपिनमा जानेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ। खुसीको खबर सुन्न पाउनु हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ। मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ। शुभ कार्यको चर्चापनि चल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सम्मानपनि पाईनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्