बिहीबारको राशिफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5
लोकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवामा मन लाग्ने । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शत्रु पराजित हुनेछन्। धार्मिक कार्यमा मन जानेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोश जाँगर र हिम्मत वढ्नेछ। धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन खिन्न हुने स्थिति आउनेछ। मानसिक चिन्ता र चन्चलता बढेको महसुस हुनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला। रमाइलो यात्राको योग रहेको छ। नयाँ कार्यको योजना बन्ला। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाईनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। राजनैतिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यप्रति सजक रहनु होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बान्धव बाट सहयोग मिल्नेछ। आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला। रचनात्मक काममा जुट्ने समय छ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति होला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यसंग भेटघाट हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योगछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्