लोकसेवा आयोगले माग्यो ५४८ नायब सुब्बा (सूचनासहित)

  • 59
    Shares
0

काठमाडौं। लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ। आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ।

आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन्।

यस्तै आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने नायव सुब्बाको बढुवासम्बन्धी सूचना पनि निकालेको छ।

Comments
Loading...
You might also like