बेहुलीको सारीमा विवाद भएपछि बेहुला फरार

  • 15
    Shares
0

एजेन्सी । कर्नाटकको हसननगर गाउँका एक युवा विवाहको अघिल्लो दिन फरार भएका छन्। बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि बीएन रघुकुमार बुधबार फरार भएका हुन्।

बेहुलाका अभिभावक र बेहुलीका अभिभावकबीच विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभई भागेका हुन्। हसननगरका एसपी श्रीनिवास गोदले भने, ‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं। उनी अहिले फरार छन्।’

प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेको एसपी श्रीनिवासले बताए। रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए। तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए।

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको जनाइएको छ। रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो। विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए।

Comments
Loading...
You might also like