‘अरुमाथि अधिकार जमाउने आकांक्षा यौन हो’

  • 19
    Shares
0

एजेन्सी। ‘कामसुत्र’का रचयिता वात्स्यायनभन्दा सयौँ वर्ष अघि ग्रीक साहित्यमा यौनको अवधारणामाथि व्यापाक वहस भएको थियो। ग्रीक दार्शनिक प्लेटोले यौनलाई ‘अरुमाथि अधिकार जमाउने आकाङ्क्षा’ भनेका छन्।

ग्रीक नाटककार अरिस्टोफैन्सले ‘सिम्पोजियम’मा एउटा यस्तो समयको उल्लेख गरेका थिए जब मानव जगत आफैमा परिपूर्ण हुने गथ्र्यो र उसलाई अरु कसैको आवश्यकता पर्दैनथ्यो। यसको परिणाम मानिसहरु अत्यधिक शक्तिशाली भए र देवतालाई समेत चुनौती दिन लागे।

तर देवताका राजा जिउसले मानिससँग लड्ने उपाय निकाले र मानवलाई पुरुष र स्त्री दुई भागमा बाँडिदिए। यसको नतिजा मानिस सिधा उभिन थाले र दुई खुट्टामा हिँड्न लागे। त्यस्तै तिनको अङ्ग विभाजित हुन लागे।

प्लेटोको विचारमा हाम्रो यही अपुरोपनले हामीमा दोस्रो हिस्साको चाहना प्रबल भयो। प्लेटो सेक्सलाई पूर्णताको मागको रुपमा व्याख्या गर्छन्। हामी आफूसँग नभएका हरेक चीजलाई यही कारणले माया गर्छौँ। एक यस्तो समय पनि आयो जब सेक्सलाई अनावश्यक चीज भन्न थालियो र त्यो समयमा सेक्स खराब चीज भयो र सेक्सलाई पाप मान्न थालियो।

सन् ३२५ क्याथोलिक चर्चले जब आफ्नो विधि बनायो तब त्यसमा ‘शरीर खराब चीज हो। शारीरिक सुख अनावश्यक कुरा हो र तिनको चाह गर्नु पाप भएको’ बतायो। सेक्सको एक मात्र उद्देश्य सिर्फ सन्तान जन्माउनु मात्र हो भनियो।

लगभग त्यही समयतिर वात्स्यायन गङ्गाको तटमा बसेर कामसूत्र लेखिरहेका थिए। किताबमा वात्स्याननले यौनिक आनन्द मानिसको लागि धेरै ठूलो चीज हो भनेर व्याख्या गरेका थिए र त्यसलाई जीवनमा कसरी अघि बढाउने पनि उनले उल्लेख गरेका थिए।

यौनमा उदार 
प्राचिन भारतीय वास्तुकला हेर्दा त्यो समयमा सेक्सको बारेमा मानिसको सोच धेरै उदार रहेको देखिन्छ। ओडीशाको कोणार्कको सूर्य मन्दिरमा धेरै नग्न मुर्ती देख्न सकिन्छ।

यस्तै बौद्ध धर्मसँग सम्बन्धित अजन्ता र एलोराको गुफामा पनि युवतीको नाङ्गो मुर्ती देखिन्छ। अजन्ताको गुफा चित्र इसा पूर्व दुई शताब्दी पहिले बनाइएको थियो। उता एलोराको कलाकृति पाँचौदेखि दशौँ शताब्दीको बीचमा भएको बताइन्छ।

भारतमा सेक्सको खुला चित्रण मध्य प्रदेशको खजुराहोको मन्दिरमा पनि देख्न सकिन्छ। यो मन्दिर झण्डै एक हजार वर्ष पुरानो हो। त्यसलाई चन्देल राजाहरुले इपू ९५० देखि इपू १०५० बीच बनाएका थिए। यो दौरान कुल ८५ मन्दिर बनाइएका भए पनि आज तीमध्ये २२ जना मात्र बाँकी छन्।

युनेस्कोले यसलाई सन् १९८६ मा विश्व धरोहर घोषित गर्‍यो। यी मन्दिरमा यौन सम्बन्धको हरेक रुप देख्न सकिन्छ। पर्खालमा हरेक सेक्स आसनको चित्र छन्। यहाँ तीन मानिस एक साथ यौन सम्बन्ध बनाएको पनि देखिन्छ।

समलैंगिकता 
एउटा रमाइलो कुरा आधुनिक समयमा भारतीय उपमहाद्वीपका देशमा भर्खरै समलैंगिकता सम्बन्धले कानुनी मान्यता पाउन लागेका छन्। तर १३ औँ शताब्दीको माउण्ट आबू नजिक बनाइएको दिलवाडा मन्दिरमा पनि अन्तरङ्ग दृश्य सगमरमरमा खोपिएको छ।

भारतीय उपमहाद्विपमा मात्र होइन, समलैङ्गिक अधिकारकर्मी आज संसारभर नै आफ्नो पहिचानको लागि लडिरहेको छन्। तर प्राचिन भारतमा यसले समाजिक मान्यता पाएको थियो।

अमर दास विल्हमको किताब ‘पीपुल अफ द थर्ड सेक्सः अण्डरस्ट्याडिङ होमोसेक्सुएलिटी, ट्रान्सजेण्डर आइडेन्टिटी थ्रु हिन्दूईज्म’मा मध्यकालिन र संस्कृत ग्रन्थको शोध गर्दा तत्कालिन भारतीय समाजमा समलैङ्गिकता र तेस्रो लिङ्गलाई स्वीकारिएको देखिन्छ।

यो पुस्तकमा कामसूत्रको उदृत गर्दै एक समय महिला समलैंगिकतालाई ‘स्वारानी’ भनिने उल्लेख छ। ती अर्की महिलासँग नै विवाह गर्थिन् र अझ महत्त्वपूर्ण कुरा तेस्रो लिङ्गी सामान्य समाजमा सहज जीवनयापन गर्थे। सो किताबमा समलैङ्गिक पुरुषलाई ‘क्लीव’ नाम दिएको थियो जो समलैङ्गिक प्रवृत्तिको कारण महिलामा रुचि राख्दैन थिए।

विवाहइत्तर सम्बन्धस 
प्राचीन भारतमा विवाहित स्त्री र पुरुषले श्रीमान्–श्रीमतीबहेक अन्य स्त्री वा पुरुषसँग विवाहइत्तर सम्बन्ध बनाउनुलाई पनि अपराध मानिदैन थियो र यसको सामाजिक मान्यता पाएको थियो।

राधा–कृष्णको प्रेमको वर्णन यही कुराको एउटा उदारण हो कि समाजमा धेरै खुलापन थियो र प्रेमलाई लज्जासँग जोडिदैन थियो।

कृष्णसँग कहिले पनि उनको पत्नीको तस्विर वा मूर्ति भेटिँदैन। हरेक स्थान कृष्णसँग उनकी किशोरकालकी प्रेमिका भनेर चिनाइएकी राधा देखिन्छिन्। यसलाई समाजमा प्रेमको स्वीकृतिको उदारण छ।

यौन इच्छामा फरक
हुन त प्राचीन भारतमा अरु पनि यौनमाथि कैयौँ ग्रन्थ लेखिएका छन्। तिनमा पुरुषको आनन्दलाई नारीको आनन्दभन्दा महत्त्व दिइएको हुन्थ्यो। तर कामसूत्रले पहिलो पटक नारीको आनन्दलाई पुरुष बराबर महत्त्वपूर्ण हुने उल्लेख गर्‍यो।

पहिले महिला चरमसुखको लागि पुरुषमाथिमात्र निर्भर हुन्छन् भन्ने विचार व्याप्त थियो। वात्स्यायनले कामसुत्रमा पहिलो पटक महिलाको चरम सुखको लागि पुरुषनै आवश्यक नहुने बताए। एक प्रेमीको रुपमा पनि महिला पुरुषमा धेरै फरक हुन्छ र तिनको यौनिकताको स्रोतमा पनि आकास जमिनको अन्तर हुन्छ।

वात्स्यानन यसबारेमा भन्छन्, ‘पुरुषको यौन इच्छा आगोजस्तै हो जो तिनको यौनअङ्गबाट उठेर तिनको मस्तिष्कतर्फ जान्छ। आगोजस्तै ती सजिलै उठ्छन् र उत्तिक्कै सजिलै निभ्छन् पनि। यसको विपरित महिलाको सेक्स इच्छा पानीजस्तो हो जो तिनको सिरबाट सुरु हुन्छ र तल बहन्छ। तिनलाई जगाउन पुरुषको तुलनामा बढी समय लाग्छ।’ बीबीसी हिन्दी

Comments
Loading...
You might also like