लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

लोकपाटी न्यूज
0 Shares

दाङ, २६ चैत। लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार पक्राउ परेका हुन। पत्रकारको परिचय बोकी लकडाउनको समयमा सवारी चलाउने गरेका उनलाई दाङ प्रहरीले शंका लागी प्रकाउ गरेको थियो ।

सुनारले आफू पत्रकार भएको भन्दै रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिम बहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए । प्रहरीले सोधपुछ गर्दा उनि नक्कली पत्रकार भएको खुल्न आएको हो। उनलाई प्रहरीले बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ। सुनुवारमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्