बेपत्ता युवकको खोजी गर्न प्रदेश सशस्त्रको टोली घटनास्थलमा

dubnu
  • 12
    Shares

राजेन्द्र बि.क./ बाजुरा, २४असार। बुढीगंगा नदिमा बगेर वेपत्ता भएका युवाको खोजी गर्नका लागि सुदूरपश्चिम प्रदेश धनगढीबाट सशस्त्रको टोली बाजुराको बुढीगंगा नदिस्थित घटनास्थलमा पुगेको छ। बुढीगंगा नगरपािलका वडा नंम्बर २ का प्रताप थापा गत सोमबार द्धारीमा रहेको बुढीगंगा नदिमा तर्न लाग्दा बेपत्ता भएका थिए।

सोही दिन बाजुरा जिल्लामा रहेको प्रहरी प्रशासन लगायत स्थानीयले खोज्दा कही कतै युवक नभेटिएपछि बुधबार प्रदेशको सशस्त्र टोलीले खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकारी दिएको छ।

खोजीकार्यका लागि घटनास्थलमा शसस्त्रको टोलीसँगै प्रमूख जिल्ला अधिकारी कृष्ण गैरे, प्रहरी प्रमूख टंकप्रसाद भट्टराई, अनुसन्धान अधिकृत थापाथली ब्यारेकका गुल्मपति सविन श्रेष्ठलगायत प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।