बैठकमा बोल्दाबोल्दै मृत्यु

Aaunse-Kami pic
  • 50
    Shares

दैलेख, २४ असार । दैलेखको भैरबी गाउँपालिका ३ मा रहेको जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य ६१ वर्षीय औंसे कामीको बैठकमा बोल्दै गर्दा मृत्यु भएको छ।

शिक्षकहरुको तलव, विद्यालयको शैक्षिक प्रशासन लगायत विषयमा छलफल भइरहेको उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए।

बोल्दैगर्दा देब्रे साइडमा ढलेपछि अस्पताल पुर्‍याउँदा मृत्यू भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बिकले बताए।

जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका औंसे कामी गत वर्ष पुनर्गठन गर्दा सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिको सदस्य चयन भएका थिए।