९ वर्षकै उच्च विन्दुमा सुनको भाउ

gold pic
  • 33
    Shares

न्यूयोर्क। बहुमूल्य धातु सुनको भाउ ९ वर्षकै उच्च विन्दुमा उक्लिएको छ। बुधवारको कारोबार सुनको भाउ प्रतिऔंस १ हजार ८०० डलरमाथि उक्लिएको छ। सुनको भाउले यो स्तर पार गरेको सन् २०११ यता यो पहिलो पटक हो। विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिने चिन्ता बढेसँगै सुरक्षित लगानीका साधन रुपमा लिइने सुनप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ।

बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा मध्याहन्न अघिको कारोबार सुनको भाउ स्थिर थियो। तर त्यस पछिको कारोबारमा भने भाउ बढेर प्रतिऔंस १ हजार ८१४ डलर ७५ सेन्टको उच्च विन्दुमा उक्लियो। यो सन् २०११ को नोभेम्बरयताकै उच्च हो। यो सामाचार तयार पार्दाखेरि नेपाली समयअनुसार स्पट गोल्डको भाउ प्रतिऔंस १ दशमलव शून्य ९ प्रतिशतले बढेर १ हजार ८१४ डलर २२ सेन्टमा उक्लिएको थियो। सोही समयमा यूएस गोल्ड फयूचर्सको भाउ पनि प्रतिऔंस शून्य दशमलव ९१ प्रतिशतले बढेर १ हजार ८०९ डलर ९० सेन्ट कायम भएको थियो ।

महामारीपछिको पुर्नबहाली भी आकारको हुँदैन भन्ने विश्वास लगानीकर्ताहरुमा बढेसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका साधनमा लगानी बढाइरहेको सीएमसी मार्केट्स यूकेका प्रमुख बजार विश्लेषक माइकल हयूसन बताउँछन् । अमेरिकामा कोरोना भाइरसको संक्रमण ३० लाख नाघेको छ। विश्वभर पनि हालैका दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ। संक्रमणमा भइरहेको वृद्धिले उपभोक्ता खर्च र रोजगारी वृद्धिमा क्षति पु¥याउने चेतावनी अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अधिकारीहरुले दिएका छन्। यस वर्ष यूरो अर्थतन्त्र झनै गहिरो मन्दीमा जाने प्रक्षेपण यूरोपेली आयोगले दिएको छ।

यद्यपि, मध्यमदेखि दीर्घकालीन अवधिमा आर्थिक परिदृश्यमा आउने कुनै पनि सुधारले सुनको भाउमा दबाब सृजना गर्ने जुलियस बेयरका विश्लेषक कास्र्टेन मेन्केले एक नोटमा भनेका छन् । अमेरिका र बेलायत जस्ता संक्रमण उच्च भएका देशमा सेफ हेभन एसेटको माग बढेको उनको भनाइ छ। यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ करीब १९ प्रतिशतले बढिसकेको छ। कोभिड–१९ को महामारीका कारण उत्पन्न स्वास्थ्य, वित्तीय र आर्थिक अनिश्चय र यस पछिको अवस्थाले सुनको भाउलाई सन् २०२१ मा पनि टेवा दिने एचएसबीसीले एक नोटमा भनेको छ। एजेन्सी

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्