काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि

coronavirus-test-kiti
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ। कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन्।

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच-पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्