विद्युत प्राधिकरणमा कुलमान घिसिङ फेरि चाहिन्छ : करिष्मा माननान्धर

karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं, ९ भदौ। नेपाली चलचित्रकी अभिनेत्री करिष्मा मानान्धरले कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन्। अभिनेत्री माननान्धरले सामाजिक सञ्जाल फेसबुकमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन् ‘थोरै आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन्। । कुलमान घिसिङ फेरि चाहिन्छ।’

दैनिक १८ घण्टा बढी लोडसेटिङ भइरहेको नपाललाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ। उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि उनलाई जिम्मेवारी दिन सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट आवान उठाइ रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्