एन्फाद्वारा ६ खेलाडीलाई कारवाही, कसलाई कति जरिवाना ?

  • 47
    Shares
0

काठमाडौं, २४ पुस। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ खेलाडीलाई कारवाही गरेको छ। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडामा उत्रिएका ६ खेलाडी कारवाहीमा परेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५/५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ। यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २/२ खेलको प्रतिबन्ध लगाइएको छ।

जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।  एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारवाही गर्ने आज निर्णय गरेको हो। मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

यस्तै दुवै क्लबलाई ५०/५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ। यस्तैगरी, जगजित श्रेष्ठ ( मनाङ मर्स्याङ्दी क्लब ( ५ खेल प्रतिबन्ध, १० हजार जरिवाना  अशोक बराल ( मनाङ मर्स्याङ्दी क्लब /६ खेल प्रतिबन्ध (रातो कार्ड समेत), १० हजार जरिबाना  दीपक राई ( मच्छिन्द्र क्लब/ ५ खेल प्रतिबन्ध रञ्जन विष्ट ( मनाङ मर्स्याङ्दी क्लब / २ खेल प्रतिबन्ध देवेन्द्र तामाङ ( मच्छिन्द्र क्लब / २ खेल प्रतिबन्ध विजय धिमाल ( मच्छिन्द्र /२ खेल प्रतिबन्ध शिव लामा ( मनाङका व्यवस्थापक / लिगका बाँकी खेलमा प्रतिबन्ध, १० हजार जरिवाना ।

Comments
Loading...
You might also like