‘सुतेकाे मान्छे जुरुक्क उठ्दा हर्टअट्याक हुन् सक्छ’

  • 299
    Shares
0

काठमाडौं। हर्टअट्याक (ह्दयघात) अचानक हुने मुटु रोग हो। त्यसैले हर्टअट्याक हुने लक्षणहरु अचानक सुरु हुन्छ।

चिकित्सकको भनाइ अनुसार, जो व्यक्ति राति घरको निरिक्षण वा पिसाब गर्न जुरुक्क उठेर हिड्छ, त्यस्तो व्यक्तिलाई हर्टफेल हुन सक्छ। जब राती तपाई शौचालय जानुहुन्छ त तपाईलाई हतार भएको हुन्छ।

जुरुक्क उठेर हत्तपत्त शौचालय तिर दौडिदा, सुत्दाखेरी तपाईको शरीरभरी फिजिएको रगत जुरुक्क उठेर उभिंदा, छातिभन्दा तलतिर एकैचोटी झर्छ अर्थात ई.सि.जी.को पैटर्न बदलिन्छ। त्यसो हुँदा ब्रेन एनिमिया अर्थात् मस्तिष्कमा एकदम रगतको कमी हुन जान्छ। यही रगतको कमीले हर्टफेल अर्थात् मुटुको धड्कन बन्द हुन् जान्छ र मानिसको निधनसमेत हुनसक्छ। ’

कसरी बच्ने

१. जस्तोसकै आतुर परेपनि १.५ मिनेट जति बिउंझेर बिस्तारामा नै पल्टिरहने

२. त्यसपछि अर्को १ मिनेट उठेर बिस्तारामा नै बस्ने

३. अनि अर्को ३० सेकेण्ड बिस्ताराबाट खुट्टा झारेर बिस्ताराको छेउमा बस्ने।

त्यसपछि मस्तिष्कमा राम्ररी रगत सञ्चालन हुनगई मुटुको कमजोरी हट्छ र अचानक कृत्युको खतराबाट बच्न सकिन्छ।

हृदयाघात भएको कसरी थाहा पाउने ?

हृदयाघात अकस्मात हुने रोग भएकाले छाती दुख्ने तथा यससंग संबन्धित अन्य लक्षण पनि अचानक नै सुरु हुन्छन्। छातीको बीच भागमा वा बायाँतिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाब महसुस गर्नु वा मन्द मन्द दुखिराख्नु जस्ता लक्षण देखा पर्न सक्छन्।

छाती दुख्नुको संगै अरु लक्षण जस्तै, पसिना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छटपटी बढ्नु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्या छन् भने हृदयाघात भएको सम्भावना झन् प्रबल हुन्छ।

हृदयाघातका कारण भएका बिरामीमा यस्ता लक्षण देखिनासाथ यथाशिघ्र आकस्मिक सुविधा भएको अस्पताल पुर्‍याई इसिजि गराइहाल्नुपर्छ। लक्षणको आधारमा हृदयाघातको शंका भएका एस्प्रिन औषधिको ३०० मिग्रा घरमै दिन मिल्छ।

हृदयाघात भएको बिरामीले छाती दुखेको १२ घण्टाभित्रै अस्पताल पुग्नुपर्छ। आवश्यक उपचार समयमै पाउँदा बन्द भएको रक्तनलीमा पुनः रक्तसञ्चार हुने सम्भावना बढी हुन्छ। रक्तप्रवाह समयमै पुनः सञ्चालन भएमा मुटुका मांसपेशी निष्कृय हुनबाट जोगिन्छन्। छाती दुखेको ३ घण्टाभित्र अस्पताल पुगेर आवश्यक उपचार हुन पाएमा कोरोनरी आर्टरीमा रक्तप्रवाह गराउन सकिने सम्भावना बढी हुन्छ। छाती दुख्न थालेपछि जति चाँडो अस्पताल पुगेर उपचार गराउन सकिन्छ, त्यति नै धेरै मुटुको मांसपेशी जोगाउन सकिन्छ।

छाती दुखेको १२ घण्टापछि रक्तप्रवाहलाई सुचारु गर्न सकिने सम्भावना कम हुन्छ। त्यसैले छाती दुखेको १२ घण्टापछि अस्पताल पुगेमा असर परेको मुटुको मांसपेशी निष्कृय भइसकेको हुन्छ। यस्तो अवस्थामा उपचार गरेर बन्द भैसकेको रक्तनलीलाई खोले पनि केही फाइदा नहुन सक्छ। त्यसैले छाती दुखेको २४ घण्टापछि अस्पताल पुगेर एन्जिओप्लास्टी गरेमा पनि फाइदा हुने सम्भावना न्युन हुन्छ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ। त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ। तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।

३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने। ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ। गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ।

४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ। प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।

५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो। तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ।

६. तनाव नियन्त्रण गरौं। किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने। साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।

८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने। हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ। यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण  गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ।

९. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पुर्‍याउँछ।

१०. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन-चारपटक खानुपर्छ। खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।

११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ। यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।

१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने।

१३.  यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ।

१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।

१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।

Comments
Loading...
You might also like