आँचल शर्मा दुलही बन्ने तयारीमा 

  • 13
    Shares
0

काठमाडौं। आँचल शर्मा विवाहको तयारीमा लागेकी छिन्।  सामाजिक सञ्जालमा सार्वजनिक भएका आँचलका तस्बिरले यस्तै संकेत गर्छन्।

गत शुक्रबार मात्र उनले ‘ब्राइड टू बी’ गाउन लगाएर केक काट्दै विवाहको मिति नजिक आएको संकेत दिएकी हुन्। तर, मिति भने सार्वजनिक भइसकेको छैन।

आँचलले चितवन पुख्र्यौली घर भएका मेडिकल डाक्टर उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। आँचल र उदीपले विवाहका लागि यही फागुनको अन्तिमतिरको दिन रोजेका छन्। उनीहरूको अफेयर गत वर्षको दशैंपछि सुरु भएको थियो।

सुरुसुरुमा आँचलले अफेयरको खबरलाई साथीको नाममा ढाक्ने कोसिस गरेकी थिइन्, तर पछिल्ला दिनमा भने आँचलको इन्स्टाग्राम उदीपसँगको फोटोले रंगिएको छ।

 

Comments
Loading...
You might also like