अफगानिस्तानमा मारिए तालिबानी नेता

  • 14
    Shares
0

काबुल। पाकिस्तानी तालिबान समूहका एक नेताको अफगानिस्तानमा हत्या भएको छ।

पाकिस्तानी तालिबानले आफ्ना महत्वपूर्ण नेतासहित समूहका सदस्यको सुरक्षा फौजसँग भिडन्त हुँदा मृत्यु भएको पुष्टि गरेको हो। ताहरिक ए तालिबान पाकिस्तान (टिटिपी)ले विज्ञप्ति निकाल्दै शेख खलिद हक्कानीको मृत्यु भएको पुष्टि गरेको हो। जो समूहको महत्वपूर्ण भुमिकामा थिए।

‘अमेरिकी पाल्तुहरु’सँग लडिरहेका बेला उनको मृत्यु भएको विज्ञप्तिमा छ। अफगान सुरक्षा फौजले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। हक्कानी केही पुस्तकका लेखक समेत हुन्। उनले केही विषयमा पुस्तक लेखिसकेका छन्।

Comments
Loading...
You might also like