रुपन्देही सामूहिक हत्याकाण्डमा संलग्न व्यक्तिले स्विाकारे अभियोग

  • 24
    Shares

काठमाडौं, २७ जेठः रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको छन। प्रारम्भिक बयानमा उनले फरुवाले हानेर हत्या गरेको स्विकार गरेका हुन।गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।

भुसको गोदाममा लुकेको अवस्थामा स्थानियले उनलाई फेला पारी प्रहरीलाई बुझाएका थिए। यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी गरेको हो। ‘सुरुमा संलग्नता अस्वीकार गरेका उनले, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन्’, रुपन्देही प्रहरी स्रोतले बतायो।