राजनीतिक दल

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

prachanda-2

काठमाडौं, २५ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्।

बुधबारराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्।

दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा आग्रह गरेका छन्।

नेकपा अध्यक्ष प्रचण्डले फेसबुकमा यस्तो लेखेका छन्।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्