समाज

बाह्रबीसे बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर पुग्यो

helicopter
  • 20
    Shares

मेलम्ची, २५ असार। सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकूलताले काभ्रेको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो।

उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं लगिने उनले बताए। सभामूख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्