समाज

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

_H0A8290
  • 40
    Shares

काठमाडौं, २५ असार। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएपछि सरकारले थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे। कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए।

उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताए । उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारि पूर्वक निर्वाह गर्ने विश्वास दिलाएका छन्।

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले बताए । आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न उनले आग्रह गरेका छन्।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्