सांसद भट्टराईद्वारा कास्की क्षेत्र नं २ का विकास आयोजना अनुगमन

bidhya
  • 63
    Shares

पोखरा, २५ असार। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बरं २ का विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सो क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुको प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले अनुगमन गरेकी हुन्।

अनुगमन कार्यक्रममा कास्की क्षेत्र नम्बर २ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधीहरु प्राविधिक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो। कार्यक्रम अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका योजना छन्।

अनुगमका क्रममा सांसद भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् विकासका पूर्वाधार सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न र समृद्धिको लागि पूर्वाधार नै पहिलो आवश्यकता भएको बताइन्। भट्टराईले बिकास निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उनले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानिय उपभोक्ता थप सचेत हुनुपर्नेमा जोड दिइन्।

योजनाको सफलताको लागि उपभोक्ता समितिहरुका काम सराहनिय भएको र केही योजनाहरु कोरोना महामारिका कारण प्रभावित भएको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन्। सृजना भएका अप्ठ्याराहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा समाधानको पहल गरिने बताइन्।

अनुगमनका क्रममा केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिला सुस्ति भएको बताउँदै पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउदा समयमा काम सम्पन्न गर्न समस्या भएको जानकारी गराएका थिए। कास्की क्षेत्र नम्बर २ मा आर्थिक वर्ष २०७६/७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका कुल ६ करोड रुपैयाँका विभिन्न ३६ वटा योजनाहरु सञ्चालित छन्।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्