विज्ञान-प्रविधि

नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

indian-news-channel
  • 31
    Shares

काठमाडौं, २५ असार। नेपालमा भारतीय न्यूज च्यानल रोक लगाइएको छ। नेपालविरुद्ध भ्रामक समाचार समाग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोकलगाएको हो।

आज बेलुकादेखि सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ। यद्यपी भारतीय दूरदर्शन टेलिभिजनमा भने रोक लगाइएको छैन। भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि नेपालमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाउने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए।

उनका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गरिएको हो।उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गराइएको हो।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्