समाज

सीमावर्ति क्षेत्रबाट अवैध मालसमान वरामद

pv

रमेश भुसाल/ पश्चिम नवलपरासी, २५ असार। पश्चिम नवलपरासी प्रहरीले सीमावर्ति क्षेत्रबाट अवैध मालसमान वरामद गरेको छ। इलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरी टोलिले प्रतापपुर गाँउपालिका वडा नम्वर ५ गन्जनाथपुरबाट २ लाख ६५ हजार वरावरको अवैध मालसमान वरामद गरेको हो।

यु पि ५६ ए ए २७३९ नम्वरको भारतिय मोटरसाइकलमा कच्चा कपडा र लेडिज सुट ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देख्न साथ मोटरसाइकल र कपडा छाडि मानिस भागेको प्रहरीले जनाएको छ।

बरामद भएको समान आवश्यक कारवाहिका लाागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्