पोखरामा कोरोनाका कारण एकको मृत्यु

coronavirus-test-kiti
लोकपाटी न्यूज
0 Shares

कास्की। कास्कीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भई उपचाररत पोखरा १९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ।

उनको शनिबार राति ११:३५ बजे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्रको सघन उपचारकक्षमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए।

योसँगै पश्चिमाञ्चल अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसमध्ये २ जना स्याङ्जाका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्