नेकपा प्रदेश नम्बर ५ कार्यालय सिल

butwal 5 nekapa office
लोकपाटी न्यूज
0 Shares

बुटवल। नेकपाको प्रदेश नम्बर ५ बुटवल कार्यालय सिल गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना देखिएपछि कार्यालय सिल गरिएको हो।

नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले शनिबार कोरोना संक्रमण पुष्टि भएका पार्टी सदस्य कार्यालयमा आउने-जाने भएकोले आइतबारदेखि ७२ घण्टाका लागि कार्यालय सिल गरिएको बताए।

संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा आएका थिए। दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्