अभिनेत्री पूजा शर्माले पत्रकार सुवेदीविरुद्ध निवेदन दिइन्

puja sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पत्रकार प्रकाश सुवेदीविरुद्ध अभिनेत्री पूजा शर्माले निवेदन दिएकी छिन्। उनले नेपाल चलचित्र कलाकार संघमा पत्रकार सुवेदीले आफूविरुद्ध अपमानजनक र अभद्र टिप्पणी गरेको भन्दै निवेदन दिएकी हुन्।

कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले यस विषयमा संघको ध्यानाकर्षण भएको बताए।
उनले सोमबार संघका पदाधिकारीहरू र कानुनी सल्लाहकारहरूको बैठक रहेको जानकारी दिए।

पछिल्लो समय विभिन्न माध्यमबाट कलाकारहरूविरुद्ध व्यक्तिगत आक्रोश पोख्ने साथै अपमानजनक व्यवहार गर्ने प्रवृत्ती मौलाएको उनको तर्क छ।

निरौलाले पीडितका लागि न्यायसँगै कसरी यस्तो प्रवृत्ती निरुत्साहित गर्न सकिन्छ भन्ने विषयमा हाम्रो छलफल केन्द्रित रहने बताए।

केहि समय अगाडी सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम ‘रजतपट अंकमा’ अन्तरवार्ताका क्रममा साेधिएका केहि प्रश्नहरुको जवाफ दिन नसक्दा नायिका पूजा विवादित बनेकी थिइन्। त्यहि विषयलाई लिएर प्रकाशले अप्रत्यक्ष रुपमा भनेका छन् -‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको अन्तरवार्ता काटिदिनु पर्ने ? मिलाई-मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्