अमिर र दिपा अभिनित ’मञ्जुरी’ गीत सार्वजनिक (भिडियो)

pic 6
लाेकपाटी न्यूज

काठमाडौं। तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ’मञ्जुरी’ बोलको गीत बजारमा आएको छ। डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो।

गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन्। गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ।

गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन्। भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्