अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

चितवन, ७ असोज। चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई बिहीबार राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। भर्ना गरिएको १५ मिनेटमै ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्