आइतबार २ हजार ८५६ जना कोरोना संक्रमित थपिए

corona doctor
  • 9
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ९ कार्तिक। नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमित थपिउका छन्।पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो। योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्