आजको मौसम कस्तो रहला ?

mausama
लाेकपाटी न्यूज

काठमाडौं, १२ कार्तिक। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ।

अहिले पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ।

यसैगरी बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्