‘आजको युवा र राजनीतिक चेतना’

santosh lamichhane
सन्तोष लामिछाने

राजनीति भनेको राज्यको नीति अर्थात् राज्यका सबै प्रकारको नितिगत व्यवस्थापन हो। जनताको प्रतिनिधित्व प्रणाली नै राजनीतिको अर्को सर्बमान्य आयम हो। अन्य देशप्रतिको कुटनैतिक सम्बन्धलाई सन्तुलित राख्ने व्यवस्थानै राजनीति हो। देशका कुनै पनि पार्टीलेदेश र जनता लागि राजनीति गर्ने बिधि पद्धति अवश्यनै सफल र सक्षम मानिन्छ।

हामीले परिकल्पना गरेको सामाजिक न्यायसहितको समाजवाद उन्मुख समाज र देशमा हामी युवाहरुको राजनीतिक चेतनास्थर र संस्कारले कस्तो आयम सिर्जना गर्छ त ? कुरा विकास र समृद्धिकै गर्छौं तर आफूलाई कुन पनि र संस्कारबाट बढाउदै छौं ? आजको महत्वपूर्ण प्रश्न यहि हो। पहिलो कुरा युवाबारे प्रस्ट हुनु जरुरी छ।

युवा त्यो उमेर समूह मात्र नभई जिवनको स्वर्णिम काल हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्र सुचक बन्नेताकत ज्यादा हुन्छ। परिवर्तन को पहरेदार हिस्सेदार पनि युवा हो। असल नेतृत्वको लागि तयार अग्रगमनको सोच, बिचारनै युवा हो।

युवा वर्गको राजनीतिक चेतमा कमि भयो भने देशको बागडोर समाल्ने जिम्मा देशमा कहलिएका नामुद माफिया,दलालि र पुँजिपतिको हातमा पुग्दछ। युवाले राजनीति गर्नुपर्छ र बुझ्ने कोसिस गर्नु पर्दछ भन्नुको अर्थ संस्कार सहितको राजनीति गर भन्न खोजिएको हो। हामी युवामा राजनीतिले धेरै प्रभाव पारेको छ। कोही सक्रिय राजनीतिमा छन त कोहि बहिरै बसेर सकेको सहयोग गर्दै आइरहेका छन्। हामी राजनीति गर्दा होस् या नगर्दा हाम्रो मनोविज्ञान सहि भएन भने हामीले पछ्याएको नेतृत्व र स्वयम् आफै चेत भन्दा बाहिर जानेअबस्था मा पुग्दछौैं। वर्गलाइ नै नचिन्ने अवस्थामा पुग्द्छौं।

जति भूमिका बाँधे पनि भन्न खोजिएको कुरा चेत, प्रवृत्ति र युवा राजनितिक शैलिमा सुधार को सुझाब सहित को बिश्लेषण हो। राजनीतिलाई नितिहरुको निति भनिएता पनि आज हाम्रो नेपाली समाजमा राजनीति गर्ने नेतृत्व र प्रणाली माथिनै घृणा देखा पर्दैछ। आम जनसमुदाय राजनैतिक प्रवृतिबाट आर्जित जस्तै देखिन्छन किन ? यसको प्रमुख जड शैली र प्रवृति अनि गलत प्रबृतिको नेतृत्वनै हो। सधै यस्तै वातावरण रहने हो भने हामीले कल्पना गरेको सामाजिक न्याय सहितको समाज निर्माण होला त ?

कदापि हुने वाला छैन। हामी कुन प्रवृतिलाई अङ्गाल्दै छौ ? ? आफैलाइ प्रश्न गरौं। देशलाई निकास दिन नयाँ पुस्तामा गुणस्तरिय प्रवृति, नेतृत्व विकास र प्रशिक्षणको खाँचो। यो कुरा हरेक युवाले बुझ्नुपर्छ। मैले आफ्ना हरेक लेखमा भने जस्तै ब्रेन र इन्जिनको सहि सन्तुलन जरुरी छ। अन्यथा इन्जिन खराब भएको सवारी साधनलाई जतिसुकै कुशल चालकले चलाए पनि अन्ततः दुर्घटना हुन्छ। त्यस्तै असक्षम नेतृत्वले जति नै समृद्धिको नारा दिए पनि देश दुर्घटनाको खतरामा जान्छ।

तसर्थ देशलाई दुर्घटनाबाट जोगाउन युवा नेतृत्व अघि बढ्नै पर्छ। आफूलाई बुझेर सहि नेतृत्वको बिचारमा आफूलाई समाहित गर्नु जरुरी छ। समयानुसार बिचारको परिमार्जन पनि गर्दै जानुपर्छ। देशमै केही गर्नु पर्छ र बिकास को मुल फटाउनु पर्छ भन्ने विचारले बसेको लाखौं युवाहरु अहिले पनि देशसँग आश गर्दै छन्। उनीहरु शिक्षित पनि हुन्छन् तर देशको राजनीतिक अवस्थादेखि आर्जित भएर देशको अवस्थालाई सहि दिशा दिन अहिले पनि युवाको ठुलो जमात लागि परिरहेको छ।

राजनीति बृहत सुधार हुनुपर्छ भन्ने बुझेर राजनीतिमा होमिएका छन्। निति र परिवर्तनको नेतृत्व गर्नेहरुबाट देशको नेतृत्व गर्न तम्सिएका यिनै युवाले नै अब सबै प्रकारका बेथिति र बिसंगतिविरुद्ध आवाज बुलन्द गर्नै पर्छ। देशको राजनीतिक अवस्था देखेर मौन बस्ने, बेखबर हुने ,नसुनेको जस्तो मात्र होइन ठूला नेताहरूको आसेपासे भएर उनीहरुको काला कर्तुत लुकाउन मदत गर्ने युवा वर्गहरु देशको लागि घातक हुन्छन्।

यस्ता युवा वर्ग भएको देशमा युवाहरु मुलधारको राजनीतिमा आउन हदै सम्मको कुचेष्टा गर्छन यीनीहरुको शैलिमा परिवर्तन विचारले प्रशिक्षित गर्नु पर्छ। युवाहरू एकजुट भएर अघि नबढेसम्म परिवर्तन सम्भव हुँदैन। योजना बिना राजनीतिमा होमिने प्रवृतिको अन्त्य जरुरी छ।

हामीले आज पनि देखिरहेका र भोगिरहेका छौं। अर्कोथरि युवा जमात राजनीतिक समर्थनको नाममा गलत विचारलाई अगाल्ने। सत्ता र शक्तिको नजिक बसेर फोटो र सेल्फि बेच्नेहरुले समाजलाई कता लैजादै छन्, सोच्नु पर्ने बेला भएको छ। आफ्नै पार्टी बाहेक अरु पार्टी नै होइन अरुको त कुरा सुन्नै हुँदैन भन्ने जुन शैलिको विकास भैरहेको छ यो नितान्त गलत र मिथ्या छ। विचारले उथल पुथल हुनु पर्ने युवा जमात आज आडम्बर र गलत मण्डले नारामा नाच्दै छ। लाखौ युवा जमात विचार, विधि, पद्धति र विधिको शासनको धज्जि उडाउन ब्यस्त अनि मस्त छ। जुनसुकै पार्टीको, विचारको भए पनि युवा भनेको सबैको साझा सम्पति नै हो। उसले बोक्ने एजेण्डा सिंगो देशको विकाससँग जोडिएको हुनु पर्छ।

उपलब्धिलाई रक्षा गर्ने हुनुपर्छ। सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले युवालाई स्वार्थ अनुकुल प्रयोग र ब्याख्या गर्न थाल्छ। कर्मशिल युवाहरुको हुर्मत लुटिन्छ। जसले गर्दा युवा जमातमा गलतसस्कार को शुरुवात गरिदिन्छ।

एक अर्का बिचको आपसी सम्मान र मर्यादा त आजकल सूर्यको उज्यालोमा पनि बत्ति बालेर खोज्नुपर्छ। म पछि आउने पुस्ताले यसमा ध्यान केन्द्रित गर्नुपर्छ आउने भावि पीडि वा पुस्ता सहि देख्न आफै तिर औंला सोज्याउनु जरुरी छ। आज विचारको वकालत गर्नेहरु को धज्जि उडाउने र कमजोर साबित गर्न गोयलबस शैलिको विकासले फड्को मारेको छ।

समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ। आर्थिक क्रान्तिको दिशामा मुलुकलाई गुणस्तरिय विकास को तिब्रता दिन युवालेदबाब सिर्जना गर्नुपर्छ। युवा समूह अन्य उमेर समुहभन्दा चेतनशील र उर्जावान् हुन्छ। तसर्थ आफ्नो मन ,वचन र कर्मले राष्ट्रियविकासका निमित्त युवा लाग्न जरुरी छ। तब मात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं। नत्र हिजोझै अब पनि प्रत्येक दिन रोजि रोटीको लागि भोको पेट लिएर दैनिक हजारांै युवाहरु रोजगारीको खोजीमा पलायन भइरहने छन्।

तिनलाई स्वदेशमै काम दिनसकिएन भने नेपालको दैनिकी गरिब देशको नाममा अनुदान कुरेर र ऋणको भारी बोक्नुको विकल्प छैन। अन्त्यमा हामीमा देखिएका सबै गलत शैलिको अन्त्य गर्दै हामी बैचारिक रुपमा बलियो प्रशिक्षित हुनु जरुरी छ। व्यवहार रुपान्तरण गर्नु पर्छ। कर्ममा विस्वास गर्दै समाजलाइ पाच्य कुरामा ओकालत गर्नु पर्छ। समाजमा रहेका किसान, मजदूर ,जेहेन्दार, मेहनती र राज्यद्वारा पछि परेका समुदायको नेतृत्व बिकासमा अतुलनिय भुमिका खेल्नु पर्दछ। हामी युवा जुट्नु पर्छ र सबै प्रकारका गलत संगत, प्रवृति र शैलिलाई आजैबाट ब्रेक लगाइदिनु पर्छ। अर्को पुस्ताले यहि प्रवृति र शैलि नदेखोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्