आजदेखि पुनः तातोपानी नाका खुल्ने

Tatopani-naka
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, १२ कार्तिक। आजबाट पुनः तातोपानी नाका खुल्ने भएको छ। खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ।

यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो।

लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्