आजदेखि स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन सुरु

corona doctor
लाेकपाटी न्यूज

काठमाडौं, १२ कार्तिक। आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिँदै आएको नियमित पत्रकार सम्मेलन फेरि सुरु हुने भएको छ।

दशैं पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

मन्त्रालयले दसैं बिदाका बेलामा कोभिड-१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर दुई सय ६० दिनदेखि कोभिड-१९ का बारेमा जानकारी गराउँदै आएको छ। मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्