आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

KP_PM
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ।

शुक्रबार अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ‌ओलीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैँ लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ। कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुहुने सम्बोधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणको व्यवस्था मिलाइएको जानकारी गराउन चाहन्छु। साथै, प्रधानमन्त्रीज्यूको आधिकारिक वेभसाइट http://kpsharmaoli.com.np मा उपलब्ध हुनेछ।’