आज देशभरको मौसम कस्तो रहला ?

mausama
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। बिहीबार देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु भूभागमा मौसम सफा हुनेछ। उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सफा रहने भएको हो।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्