आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

dashain-tika
  • 21
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ११कार्तिक। दशैंको टिका र जमरा आज पनि लगाइँदैछ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

तर यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल र भेटघाट निक्कै घटेको छ। दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी मनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्