आज बडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै

phul pati
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। आज वडादशैंको सातौं दिन। हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन्। नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ।

सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ।आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ। फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याइंदै छ।

कोरोना महामारीका कारण यस कार्यमा थोरै भन्दा थोरै जनशक्ति प्रयोग गरिने भएको छ।आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ।

यसैबीच यस पटक वर्षको एक दिन महानवमीका दिन सर्वसाधरणका लागि खुला हुने हनु्मानढोकास्थित तलेजु भवानी कोरोनाका कारण खुल्ने छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्