आज सुनचाँदीको मूल्य कति छ ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। दशैंपछि नेपालको सुनचाँदी बजार खुलेसँगै सुनको मूल्यमा सामान्य गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो। बिहीबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा किनबेच भइरहेको छ। कात्तिक ६ गते छापावाल सुनको भाउ ९५ हजार ७ सय रुपैयाँ थियो।

दशैं बिदामा सुनचाँदीको मूल्य तोक्न छाडिएकामा बिहीबारबाट मूल्य तय हुन थालेको हो। महासंघका अनुसार तेजावी सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। कात्तिक ६ गते तेजावी सुनको मूल्य ९५ हजार २ सय रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ। कात्तिक ६ गते चाँदीको भाउ तोलाको १ हजार २ सय ३० रुपैयाँ रहेकामा बिहीबार १ हजार १ हजार ८० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्