आरामदायी निन्द्राका लागि सात उपाय

woman_sleeping
लोकपाटी न्यूज

काठमाडौं। हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ। सूर्य उदाएपछि दिन शुरु भएजस्तै मानिसको शरीर पनि चल्न शुरु हुन्छ। सूर्य अस्ताएसँगै शरीरले पनि आरम खोज्छ। दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ। भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ। मानिसको निन्द्रालाई मोबाइलसँग दाजेर भन्ने हो भने, निदाउनु भनेको रिचार्ज गर्नु हो।

निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोम्निया भनिन्छ। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। तर अनिन्द्राले विभिन्न समस्या ल्याउन सक्छ।

निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन्। अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ। मोबाइल वा टेलिभिजनमा धेरै समय भुल्ने लगायतको समस्याका कारण पनि मानिसहरुमा निन्द्रा नपर्न सक्छ। निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ। निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ। निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ। कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ। आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ। कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले। कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ।

निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ। त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ।

तातो पानीले नुहाउनेः थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ। सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ।

लेवेन्डुलाको तेलको प्रयोगः पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ। यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ।

तातो दूध र महः प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ। तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ। दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ।

सुत्‍ने कोठा निश्‍चित गर्नुहोस्ः तपाईँको सुत्ने कोठा निदाउनको लागि मात्र हो, यसलाई बस्ने, पढ्ने अथवा छलफल गर्ने कोठाको रुपमा प्रयोग नगर्नुहोस्। सुत्ने कोठा तपाईँको ध्यान कक्ष जस्तै हो। रातमा कोठा शान्त र अध्यारो हुनुपर्छ। भनिन्छ, अँध्यारोमा शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्न सहयोग गर्छ। मेलाटोनिन निन्द्रा लाग्न सजिलो पार्ने हर्मोन हो।

राती सुत्ने समयलाई नियमित गरौं: हाम्रो शरीर स्वस्थ हुनुमा सुत्ने बानीको ठूलो भूमिका हुन्छ। त्यसैले निन्द्रालाई प्रभाव पार्ने कुनै पनि काम गर्नुहुँदैन, चाहे त्यो दिउँसो होस् अथवा राति। सुत्ने समय भएपछि अरु काम छोडेर सुत्ने नै प्रयास गर्नुपर्छ। आफ्नो सुत्ने समयलाई रमाइलो, गुणस्तरीय बनाउन सकिन्छ। त्यसको लागि तातो पानीले नुहाउनु, सुत्ने समय भन्दा ४० मिनेट अगाडि फोन, कम्प्यूटर लगायत अरु सामान स्वीच अफ गर्नु अति आवश्यक हुन्छ। यस बाहेक किताब पढ्नु, रात्रीकालिन गीतहरु, धुनहरु सुन्नु उपयुक्त हुन्छ।

हर्बल चियाः रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ।

व्यायामः सुत्नुअघि हल्का व्यायाम गर्नुहोस्। १५ मिनेटजति ध्यान गर्नुहोस्। यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ।

सुत्नुअघि नगर्नुहोस् यी गल्ती

सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्
रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुस्
रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ
सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम गर्न हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्