उपराष्ट्रपतिको चाडपर्व खर्च कोरोना कोषमा

Nanda-Bahadur-Pun pasang
लोकपाटी न्यूज

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गरेका छन्।

उनले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गरेको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।

उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्