एकैदिन ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त

corona niko
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्