एसपी पन्तले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता

nekpa-neta jhadap
लाेकपाटी न्यूज

पर्सा, १३ कार्तिक। नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी प्रहरीले एक सातापछि दर्ता गराएको छ।

एसपी पन्तले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरिएको हो। चौरसिया हत्या प्रकरणमा प्रहरीले १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको हो।

बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता गराएको हो।पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएको थियो।

पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो। विरोधका कार्यक्रम चल्दै आएपछि पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जाहेरी दर्ता गर्न बाध्य भएको छ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझेका थिएनन्। जाहेरी दर्ता गरेपछि अब शव बुझ्ने परिवारले जनाएका छन्। चौरसियाको शव नारायणी अस्पताल वीरगञ्जमा छ।

123137775_2507227959575581_7501024074161804682_n