कर्णाली प्रदेशकाे विवाद कर्णालीकै पार्टी र संसदले मिलाउनू : कार्यकारी अध्यक्ष प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन्।

शुक्रबार पत्र पठाएर प्रचण्डले कर्णाली प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ५ गते कर्णाली प्रदेशको विवाद मिलाउन भन्दै मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई एकल हस्ताक्षरको पत्राचार गरेपछि अर्का अध्यक्ष प्रचण्डले पनि छुट्टै निर्देशन दिएका हुन्।

प्रचण्डले मुख्यमन्त्री शाहीसँगै निर्देशनमा सह–इन्चार्ज यमलाल कँडेल, प्रकाश ज्वाला, कालीबहादुर मल्ल र अध्यक्ष गोरखबहादुर बोगटीलाई बोधार्थ लेखेका छन्।प्रचण्डको निर्देशनमा कात्तिक ४ गते मंगलबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विवाद समाधानका लागि दिएको सुझाव कार्यान्वयन गर्न भनिएको छ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हामी दुई अध्यक्षबीच कात्तिक ४ गते मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भइ अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने सुझाव दिने समझदारी भएको थियो’, प्रचण्डले पठाएको पत्रमा भनिएको छ, ‘सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछ।’

prachanda123_20201023152809

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्