कांग्रेस नेता आङ्लाको निधन

angla
लाेकपाटी न्यूज

धनकुटा, ७ असोज। नेपाली कांग्रेस धनकुटाका नेता तथा क्षेत्रिय प्रतिनिधि टाक वहादुर आङ्लाको निधन भएको छ। धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ९ निवासी आङ्लाको शुक्रबार निधन भएको हो।

नेपाली कांग्रेस धनकुटाले शुक्रबार शोक विज्ञप्ती जारी गरी आङ्लाको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। आङ्ला नेपाली कांग्रेस धनकुटाका सच्चा इमानदार कर्तव्य निष्ठ निडर साहसिक नेता र एक कुशुल संगठनकर्ता थिए।

उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ। लामो समय देखी मधुमेहबाट पिडित रहेका नेता आङ्लाको श्रीमती ,एक छोरा एक छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्