कांग्रेस नेता गहतराजको उपचारको क्रममा मृत्यु

Nepali Congress
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। नेपाली कांग्रेसका पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधन भएको छ।

दलित संघका केन्द्रीय सदस्य गहतराजको बिहिबार बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो।

सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधन प्रति दुःख व्यक्त गरेका छन्।

सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत् स्व. गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याएको सक्रिय भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उर्लाबारी–४ निवासी स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। कांग्रेसले उनको निधनबाट एक होनाहार व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्