काठमाडौं उपत्यकामा थपिए ३१ सय ७ कोरोना संक्रमित

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१, भक्तपुरका १७३ र ललितपुरका ५४३ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ।

हाल देशभर ४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। कुल संक्रमित मध्ये हाल नेपालमा ९९ हजार ६०५ जना कोरोना मुक्त भइसकेका छन्। यस्तै, नेपालमा कोरोना संक्रमित मध्ये ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्